दफा ३
लक्षित वर्गका व्यक्तिलाई खोप पाउने अधिकार हुने
: (१) लक्षित वर्गका व्यक्तिलाई खोप कार्यक्रममा समावेश भएका खोप निशुल्क रुपमा लगाउन पाउने अधिकार हुनेछ ।
स्पस्टीकरण : यस दफाको प्रयोजनको लागि “लक्षित वर्ग” भन्नाले कुनै खास किसिमका रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलन गर्नको लागि खोप दिनु पर्ने भनी खोप कार्यक्रममा किटान गरिएका वर्ग, समुदाय वा क्षेत्रका व्यक्ति सम्झनु पर्छ ।
(२) मन्त्रालयले उपदफा (१) बमोजिमको खोप कुनै खास मिति र समय तोकी कुनै अस्पताल, स्वास्थ्य संस्था, खोप केन्द्र, घुम्ती खोप क्लिनिक वा अन्य स्थानबाट लगाउने व्यवस्था गर्नेछ ।
(३) मन्त्रालयले यस दफा बमोजिम खोप दिने प्रयोजनका लागि सम्बन्धित स्थानीय तह, प्रहरी प्रशासन तथा स्वयंसेवकको सहयोग लिन सक्नेछ ।